
सन थापा, जापान ।
सेप्टेम्वर ८ । जापानमा कोरोना संक्रमित मध्ये निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६३ हजार ९ सय ४१ जना पुगेको छ । त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित हालसम्म १ हजार ४ सय १० जनाको मृत्यु भएको छ ।
मंगलबार टोकियोमा छ जना, फुकुओकामा पाँच जना, ओसाका र ओकिनावामा दुई–दुई जना, खानागावा र मिए प्रान्तमा एक–एक जना गरी १७ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । मंगलबार थप ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित भएका ७२ हजार ८ सय ३३ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७३ हजार ५ सय ४५ जना पुगेको छ ।
संक्रमित मध्ये २ सय दुईजनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २२ हजार १९ जना, ओसाकामा ९ हजार १ सय ६९ जना, खानागावामा ५ हजार ५ सय २२ जना, फुकुओकामा ४ हजार ८ सय ४५ जना, आईचीमा ४ हजार ७ सय ४२ जना, साईतामामा ४ हजार १ सय ४५ जना पुगेको छ ।
त्यसैगरी चिबामा ३ हजार २ सय ४४ जना, ह्योगोमा २ हजार ३ सय ७८ जना, ओकिनावामा २ हजार २ सय ३८ जना, होक्काईदोमा १ हजार ८ सय ४५ जना र क्योतोमा १ हजार ५ सय ९४ जना संक्रमित संख्या पुगेको छ ।