
फाइल तस्विर
पोखरा, २४ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । देशभर आज थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३१२ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ३ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंकी ८३ वर्षीया, कास्कीकी ७३ र बाँकेकी ८० वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा काठमाडौंका ६७ वर्षीय, अर्घाखाँचीका ४२ वर्षीय र नवलपरासीका ६४ वर्षीय गरी ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

