
सन थापा, जापान ।
सेप्टेम्वर ९ । जापानमा बुधबार थप ५ सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित भएका ७३ हजार ३ सय ३७ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७४ हजार ४९ जना पुगेको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित हालसम्म १ हजार ४ सय २५ जनाको मृत्यु भएको छ । बुधबार ओसाका, ओकिनावामा तीन–तीन जना ,साईतामामा र तोकुसिमा दुई–दुई जना, टोकियो, चिबा, यामागुची र इसिखावा प्रान्तमा एक–एक जना गरी १४ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
कोरोना संक्रमित मध्ये निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६४ हजार ७ सय ५९ जना पुगेको छ ।
संक्रमित मध्ये २ सय दुईजनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २२ हजार १ सय ६८ जना, ओसाकामा ९ हजार २ सय ३२ जना, खानागावामा ५ हजार ६ सय २८ जना, फुकुओकामा ४ हजार ८ सय ६९ जना, आईचीमा ४ हजार ७ सय ६३ जना, साईतामामा ४ हजार १ सय ६९ जना पुगेको छ ।
त्यसैगरी चिबामा ३ हजार २ सय ६७ जना, ह्योगोमा २ हजार ४ सय जना, ओकिनावामा २ हजार २ सय ४४ जना, होक्काईदोमा १ हजार ८ सय ४९ जना र क्योतोमा १ हजार ६ सय जना संक्रमित संख्या पुगेको छ ।