
सन थापा
जापान । जापानमा बिहीबार थप ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित भएका ७४ हजार ४३ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७४ हजार ७ सय ५५ जना पुगेको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित हालसम्म १ हजार ४ सय ३२ जनाको मृत्यु भएको छ । बिहीबार फुकुओका तीन जना, ओसाका, होक्काईदो, चिबा र इसिखावा प्रान्तमा एक–एक जना गरी सात जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमित मध्ये निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६५ हजार ४ सय ९४ जना पुगेको छ ।
संक्रमित मध्ये १ सय ९८ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २२ हजार ४ सय ४४ जना, ओसाकामा ९ हजार ३ सय २४ जना, खानागावामा ५ हजार ७ सय ४० जना, फुकुओकामा ४ हजार ८ सय ९३ जना, आईचीमा ४ हजार ७ सय ९९ जना, साईतामामा ४ हजार १ सय ९९ जना पुगेको छ ।
त्यसैगरी चिबामा ३ हजार २ सय ९५ जना, ह्योगोमा २ हजार ४ सय २१ जना, ओकिनावामा २ हजार २ सय ४४ जना, होक्काईदोमा १ हजार ८ सय ६० जना र क्योतोमा १ हजार ६ सय सात जना संक्रमित संख्या पुगेको छ ।