
सांकेतिक तस्बिर ।
चितवन- पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना-६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् ।