
सन थापा, जापान
सेप्टेम्वर १२ । जापानमा शनिबार ६ सय ४८ जना कोरोना संक्रिमत थपिएका छन् । जापानभित्र संक्रमित भएका ७५ हजार ३ सय ३४ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७६ हजार ४६ जना पुगेको छ ।
शनिबार ओकिनावामा चार, ओसाका, टोकियोमा दुई(दुई, फुकुओका, खानागावा, चिबा, कोचि र इबाराकी प्रान्तमा एक–एक जना गरी १३ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । जापानभर मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित हालसम्म १ हजार ४ सय ५४ जना पुगेको छ ।
त्यसैगरी निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६६ हजार ९ सय ३९ जना पुगेको छ ।
संक्रमित मध्ये १ सय ९० जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २२ हजार ८ सय ५७, ओसाकामा ९ हजार ५ सय २८, खानागावामा ५ हजार ८ सय ९०, फुकुओकामा ४ हजार ९ सय ३२, आईचीमा ४ हजार ८ सय ७६, साईतामामा ४ हजार २ सय ६१ जना पुगेको छ ।
त्यसैगरी चिबामा ३ हजार ३ सय ७१, ह्योगोमा २ हजार ४ सय ५५, ओकिनावामा २ हजार २ सय ८०, होक्काईदोमा १ हजार ८ सय ७३ र क्योतोमा १ हजार ६ सय १६ जना पुगेको छ ।

