जापानको सत्तारूढ दलको अध्यक्षमा सुगा चुनिए, बुधबार प्रधानमन्त्रीको मतदान

-


     मर्दी न्युज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित


सन थापा, जापान
सेप्टेम्बर १४ । सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) अध्यक्षमा मन्त्रीपरिषदका मुख्य सचिव तथा प्रवक्ता योशिहिदे सुगा चुनिएका छन् ।

उनले एलडीपीको आज सम्पन्न अध्यक्षको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई भारी मतले पराजित गरे । ७१ वर्षीय सुगाले ३७७ प्राप्त गरे भने सत्तारुढ दलको नीति, अनुसन्धान प्रमुख तथा पूर्व विदेशमन्त्री फुमियो किसिदाले ८९ र पूर्व रक्षामन्त्री तथा एलडीपीका पूर्वमहासचिव शिगेरू इशिबाले ६८ मत प्राप्त गरे ।

निर्वाचनमा डाइट सदस्यहरू ३ सय ९४ र ४७ प्रान्तका १ सय ४१ गरी ५ सय ३५ जनाले मतदान गरेका थिए । प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्य समस्याका कारण १ वर्ष कार्यकाल बॉकी रहदै अगष्ट २८ गते पदबाट राजीनामा दिएपछि तीन जनाले दाबेदारी प्रस्तुत गरेका थिए ।

अध्यक्षमा विजयी भएसॅगै सुगा यही सेप्टेम्बर १६ गते प्रधानमन्त्रीको मतदानपश्चात् जापानको नयॉ प्रधानमन्त्री बन्नेछन् ।