आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

-


     मर्दी न्युज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित


झापा, २९ भदौ । आफ्नै ५० वर्षीया आमा मीरा ऋषिदेबको हत्या गरेको अभियोगमा कमल गाउँपालिका–७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका दिनेशले आफ्नै आमालाई बञ्चरो र ढुङ्गा प्रहार गर्दा मीराको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।