
सन थापा, जापान ।
सेप्टेम्वर १४ । जापानमा सोमबार २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित भएका ७६ हजार ४२ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७६ हजार ७ सय ५४ जना पुगेको छ ।
आज टोकियो र खानागावामा दुई, फुकुओका, ओसाका, ईबाराकी, नारा र ईसिखावा प्रान्तमा एक(एक जना गरी आठ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ६८ जना पुगेको छ ।
त्यसैगरी निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६७ हजार ९ सय एक जना पुगेको छ ।
संक्रमित मध्ये ६ हजार ८ सय ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ८५ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २३ हजार ८३, ओसाकामा ९ हजार ६ सय ३६, खानागावामा ५ हजार ९ सय ५९, फुकुओकामा ४ हजार ९ सय ४८, आईचीमा ४ हजार ९ सय ३२, साईतामामा ४ हजार २ सय ९९ जना पुगेको छ ।
त्यस्तै चिबामा ३ हजार ४ सय दुई, ह्योगोमा २ हजार ४ सय ७८, ओकिनावामा २ हजार २ सय ९४, होक्काईदोमा १ हजार ८ सय ८४, र क्योतोमा १ हजार ६ सय २८ जना पुगेको छ ।