
काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।
गौतमलाई अब राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन् । मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको उनले बताए ।