
पोखरा, ३१ भदौ । सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प बिहान ५ः१९ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का देशका विभिन्न जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्प गएपछि काठमाडौंका आम सर्वसाधारण घर बाहिर निस्किएर होहल्ला गरेका थिए।
सिन्धुपाल्चोकका प्रहरीका अनुसार जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए । सिन्धुपाल्चोकमा यो वर्ष मनसुन सुरु भएदेखि नै पहिरोले ठूलो क्षति गरेको छ। पहिरोका कारण कतिपय गाउँनै विस्थापित भएका छन्।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020

