अबिरल वर्षाका कारण पेल्काचौर सिम्लेका केहीघरमा क्षति, बाटो अबरुद्ध

-


     मर्दी न्युज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित


स्याङ्जा । गएराती परेको अबिरल वर्षाका कारण जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १२ अन्तर्गत ग्रामीण सडक अबरुद्ध भएको छ । जाँडखोला–पेल्काचौर–गुमार्दी जाने बाटोका विभिन्न स्थानमा खसेको पहिरोले बाटो अबरुद्ध पारेको हो।

वर्षाका कारण कतिपय स्थानमा बीचबाटो बाटै भासिएकाले यातायातको साधन चल्ने अवस्था नभएको वडाध्यक्ष दूतप्रसाद गुरुङले बताए । अध्यक्ष गुरुङले नगरपालिकासँगको समन्वयमा बाटो खुलाउने कार्य अघि बढाउन लागिएको जानकारी दिए । कालोपत्रेको लागि ८ करोड रुपैयाँ विनियोजन भैसकेको र यसलाई असोजबाट थालनी गर्ने पनि उनले जानकारी दिए ।

त्यसैगरी वडा नम्बर १२ अन्तर्गत पर्ने सिम्लेमा पनि घर पछाडिको ढिस्को झरेर करिब ७–८ घरमा क्षति पुगेको स्थानीय खेमबहादुर गुरुङले मर्दीन्यूजलाई बताए ।