
सन थापा
जापान, सेप्टेम्वर १६ । जापानमा योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ९४ जना पुगेको छ । बुधबार ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ । सञ्चार संस्था एनएचकेका अनुसार फुकुओकामा चार, टोकियोमा तीन, ओसाकामा दुई, फुकुई, तेकुसिमा र ईसिखावा प्रान्तमा एक–एक जना गरी १३ जनाको मृत्यु भएको हो । जापानभित्र संक्रमित भएका ७७ हजार १ सय २२ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल संख्या ७७ हजार ८ सय ३४ जना पुगेको छ ।
त्यसैगरी निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६९ हजार १ सय ९१ जना पुगेको छ ।
संक्रमित मध्ये ६ हजार ३ सय ४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ७९ जनाको अवस्था गम्भीर रहेको छ ।
११ प्रान्तमा सबैभन्दा बढी
टोकियोमा संक्रमित संख्या २३ हजार ४ सय ३७, ओसाकामा ९ हजार ८ सय तीन, खानागावामा ६ हजार १ सय ११, फुकुओकामा ४ हजार ९ सय ७०, आईचीमा ४ हजार ९ सय ७५, साईतामामा ४ हजार ३ सय ४६ जना पुगेको छ ।
त्यस्तै चिबामा ३ हजार ४ सय ६९, ह्योगोमा २ हजार ५ सय २२, ओकिनावामा २ हजार ३ सय पॉच, होक्काईदोमा १ हजार ९ सय तीन र क्योतोमा १ हजार ६ सय ५० जना पुगेको छ ।

