जापानमा थप ४९१ जना कोरोना संक्रमण पुष्टि, नौ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, सेप्टेम्वर १७ । जापानमा बिहीबार ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित भएका ७७ हजार ६ सय १० र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७८ हजार ३ सय २२ जना पुगेको छ ।

आज खानागावामामा पाँच, फुकुओकामा दुई, ह्योगो र खागोसीमा प्रान्तमा एक(एक जना गरी नौ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय तीन जना पुगेको छ ।
त्यसैगरी निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६९ हजार ९ सय १२ जना पुगेको छ ।

संक्रमित मध्ये ६ हजार १ सय ७४ जनाको विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ६७ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २३ हजार ६ सय आठ, ओसाकामा ९ हजार ८ सय ६०, खानागावामा ६ हजार १ सय ७६, आईचीमा ५ हजार ११, फुकुओकामा ४ हजार ९ सय ७९, साईतामामा ४ हजार ३ सय ६७, जना पुगेको छ ।

त्यस्तै चिबामा ३ हजार ५ सय दुई, ह्योगोमा २ हजार ५ सय ३७, ओकिनावामा २ हजार ३ सय १०, होक्काईदोमा १ हजार ९ सय १० र क्योतोमा १ हजार ६ सय ५९ जना पुगेको छ ।