जापानमा थपिए ५७२ जना कोरोना संक्रमित, १० जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २ गते २०७७ मा प्रकाशित


सन थापा
जापान । सेप्टेम्वर १८

जापानमा शुक्रबार ५ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म जापानभित्र संक्रमित भएका ७८ हजार १ सय ८२ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७८ हजार ८ सय ९४ जना पुगेको छ ।

आज ओसाका, फुकुओकामा साईतामा प्रान्तमा दुई, टोकियो, आईची, यामानासी र चीबा प्रान्तमा एक-एक जना गरी १० जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय १३ जना पुगेको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ सहित कूल ७० हजार ५ सय ५८ जना निको भएका छन् ।
संक्रमित मध्ये ६ हजार १४ जनाको विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ७० जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २३ हजार ८ सय २८, ओसाकामा ९ हजार ९ सय २०, खानागावामा ६ हजार २ सय ५४, आईचीमा ५ हजार ५१, फुकुओकामा ४ हजार ९ सय ८७, साईतामामा ४ हजार ३ सय ९१ जना पुगेको छ ।


त्यस्तै चिबामा ३ हजार ५ सय ४२, ह्योगोमा २ हजार ५ सय ४९, ओकिनावामा २ हजार ३ सय २२, होक्काईदोमा १ हजार ९ सय २७ र क्योतोमा १ हजार ६ सय ६४ जना पुगेको छ ।