त्रिशुली नदीमा ट्याङ्कर खस्यो, चालक र सहचालकको अवस्था अज्ञात

-


     मर्दी न्युज    
     असाेज ४ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

धादिङ- पृथ्वी राजमार्गमा आज विहान एउटा तेल ट्याङ्कर दुर्घटाना भएको छ । पृथ्वी राजमार्गको गल्छी गाउँपालिकास्थित चिरौदी पुल नजिकै सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिनुभयो ।

ट्याङ्कर कहाँबाट आएको र कति नम्वरको हो खुलेको छैन । ट्याङ्करमा सवार चालक र सहचालकको अवस्था पनि अज्ञात रहेको छ । रातको समयमा खसेकाले उद्दार गर्न समेत कठिनाई भएको र अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्याङ्कर सडकबाट करिव दुई सय फिट तल त्रिशुली नदीमा खसेको छ । प्रहरी अहिले घटना स्थलमा खोजी ताथा उद्दारमा लागिरहेको ट्राफिक प्रहरी प्रमुख भट्टले जनाकारी दिनुभएको छ । – रासस