पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

-


     मर्दी न्युज    
     असाेज ४ गते २०७७ मा प्रकाशित


काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने लागेको हो ।

स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बस्न लागेको हो । भदौ २६ गते सम्पन्न स्थायी कमिटीे बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्राय बस्दै आएको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो।