
सन थापा
जापान । सेप्टेम्वर २१ । जापानमा आईतबार ३ सय १२ जनामा कोरोना संक्रमित थपिएका छन् । जापानभित्र संक्रमित भएका ७९ हजार ५ सय ७१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८० हजार २ सय ८३ जना पुगेको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ सहित कूल ७२ हजार ६३ जना निको भएका छन् । सोमबार टोकियो, ओसाका, फुकुओका, यामागुची, मिए र ईसिखावा प्रान्तमा एक–एक जना गरी छ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय २६ जना पुगेको छ ।
संक्रमित मध्ये ६ हजार १ सय ३२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ६३ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २४ हजार ३ सय छ, ओसाकामा १० हजार ९९, खानागावामा ६ हजार ४ सय दुई, आईचीमा ५ हजार १ सय ३४, फुकुओकामा ५ हजार चार, साईतामामा ४ हजार ४ सय ४५ जना पुगेको छ ।
त्यस्तै चिबामा ३ हजार ६ सय ३७, ह्योगोमा २ हजार ६ सय दुई, ओकिनावामा २ हजार ३ सय ५८, होक्काईदोमा १ हजार ९ सय ७५ र क्योतोमा १ हजार ६ सय ९५ जना पुगेको छ ।

