जापानमा थप ३३१ जना कोरोना संक्रमण पुष्टि, छ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज ६ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
सेप्टेम्वर २२ । जापानमा मंगलबार ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जापानभित्र संक्रमित भएका ७९ हजार ९ सय दुई र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८० हजार ६ सय १४ जना पुगेको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ सहित कूल ७२ हजार ३ सय सात जना निको भएका छन् । आज ईबाराकी प्रान्तमा दुई, ओसाका, खानागावा, मिए र सिगा प्रान्तमा एक(एक जना गरी छ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय ३३ जना पुगेको छ ।

संक्रमित मध्ये ६ हजार १ सय ६८ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ६४ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २४ हजार ३ सय ९४, ओसाकामा १० हजार १ सय ६६, खानागावामा ६ हजार ४ सय ४०, आईचीमा ५ हजार १ सय ४३, फुकुओकामा ५ हजार छ, साईतामामा ४ हजार ४ सय ५९ जना पुगेको छ ।

त्यस्तै चिबामा ३ हजार ६ सय ५५, ह्योगोमा २ हजार ६ सय १५, ओकिनावामा २ हजार ३ सय ६४, होक्काईदोमा १ हजार ९ सय ८४ र क्योतोमा १ हजार ७ सय दुईजना पुगेको छ ।