
नेपालको पर्बतिय पर्यटन क्षेत्रमा ” हिउँ चितुवा ” को नामले सुपरिचित साहसिक ब्यक्तित्व आङ रिता शेर्पाको २०७७ असोज ५ गते सोमबार बिहान १०:०० बजे काठमाडौं, बौद्ध , जोरपाटी स्थित आफ्नै छोरीको निवासमा ७२ बर्षको उमेरमा निधन भएको थियो।
सन १९८३ देखि १९९६ सम्म कृतिम अक्सिजनको सहयोग बिना १० पटक बिश्वको सर्बोच्च शिखर सगरमाथा र नेपाल का अन्य थुप्रै हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउनु भएको छ।
उहाँको निधनले नेपालको पर्बतिय पर्यटनको क्षेत्रमा अपुरणिय क्षति पुगेको छ।
नेपाल सरकार (मन्त्री परिषद )को २०७७ असोज ६ गतेको निर्णय अनुसार उहाँको अन्तेष्टी राजकीय सम्मानका साथ गरिने भएको छ।
यसैबीच, स्वर्गीय शेर्पा प्रति झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्न तथा परिवारलाई आर्थिक सहयोग गर्न नेपाल पर्बतारोहण संघको टिम शेर्पा सेवा केन्द्र, बौद्ध पुगिसकेको छ। आबस्यक भौतिक दुरि कायम गरि तथा स्वास्थ्य प्रोटोकल अपनाइ श्रद्धाञ्जली अर्पण गरिने नेपाल पर्बतारोहण संघका अध्यक्ष श्री सन्तबिर लामाले जानकारी गराउनुभयो।
उहाँको अन्तेष्टि तथा अन्तिम श्रद्धाञ्जली टेकु, त्रीपुरेश्वर मा अहिले बिहान गरिने नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष श्री आङ छिरिङ शेर्पाले बताउनुभयो।