माग पुरा नभएमा कडा आन्दोलन गर्ने पर्यटन मजदुर संघर्ष समितिको चेतावनी

-


     मर्दी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा कोभिड–१९ को महामारीको कारण पर्यटन क्षेत्र चैत देखिनै ठप्प छ। यसको प्रत्यक्ष मारमा पर्वतीय पर्यटनमा आश्रीत गाइड, भरिया र आरोहीहरु परेका छन।

चार महीनाभन्दा लामो समय आफ्ना समस्याहरु विभिन्न मागपत्र तथा शान्तिपूर्ण आन्दोलनमार्फत जानकारी गराउँदा पनि सरोकारवालाहरुबाट सुनुवाइ नभएको अध्यक्ष प्रकाश ‘घायल’ राईले हिजो काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन।

आफुहरु टान, एनएमए, नेपाल पर्यटन बोर्ड, नेपाल सरकारको पर्यटन बिभागलगायतका ठाउँमा पुगेर टिम्स तथा मजदुरको नाममा उठाइएको रकम अहिलेको कठिन परिस्थितिमा ऋण स्वरुपनै भएपनि प्रतिव्यक्ति ५ लाखको दरले मागेकोमा आलटाल गरिएको र सुनुवाइ नभएको अध्यक्ष राईले बताएका छन।

पत्रकार सम्मेलनमा आफुहरुलाई नेपाल पर्यटन बोर्डले २ दिन पछि बोलाएको र आफ्नो मागहरू पुरा नभएमा ५ दिन भित्र कडा खालको आन्दोलन गरिने आक्रोशपुर्ण चेतावनी दिएका छन।