पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

-


     मर्दी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


तस्वीरः शिव सिलवाल

धादिङ । अबिरल वर्षका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान खसेको पहिरोले दुवैतर्फीको सडक अवरुद्ध भएपछि अवरोध हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकमै २ वटा सवारी साधन पनि एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।