स्याङ्जा पहिरो हराएका ६ जनाको शव भेटियो, चारको खोजी जारी

-


     मर्दी न्युज    
     असाेज ८ गते २०७७ मा प्रकाशित


स्याङ्जा । स्याङ्जाको पहिरोमा परी हराइरहेका ९ मध्ये ५ जनाको शव भेटिएको छ । बिहीबार बिहान ६ बजेतिर वालिङ नगरपालिका १४ तमादीमा पहिरो जाँदा माया नेपालीको घर पुरिएको थियो ।

पहिरोले पुरिएर मृत्यु हुनेमा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीय सानी नेपाली, नौ वर्षीय बिबश नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार परिवारकै चार जना बेपत्ता रहेका छन् भने घाइते अवस्थामा भेटिएकी १६ वर्षीया मनिषा नेपालीको थप उपचारका लागि पोखरा ल्याइएको छ । उक्त घरमा १० जना सुतेका थिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।