
सन थापा, जापान ।
सेप्टेम्वर २४ । जापानमा बिहीबार ४ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जापानभित्र संक्रमित भएका ८० हजार ६ सय तीन र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८१ हजार ३ सय १५ जना पुगेको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित ७३ हजार १ सय ९७ जना निको भएका छन् । आज ओसाकामा चार, टोकियो र फुकुओकामा तीन(तीन र चिबा प्रान्तमा एक जना गरी १२ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय ५० जना पुगेको छ ।
संक्रमित मध्ये ५ हजार ९ सय चार जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ६६ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २४ हजार ६ सय ४८, ओसाकामा १० हजार २ सय ७१ खानागावामा ६ हजार ५ सय आठ, आईचीमा ५ हजार १ सय ९१, फुकुओकामा ५ हजार १२, साईतामामा ४ हजार ४ सय ९१ जना पुगेको छ ।
त्यस्तै चिबामा ३ हजार ७ सय एक, ह्योगोमा २ हजार ६ सय २५ ओकिनावामा २ हजार ३ सय ९२, होक्काईदोमा २ हजार सात र क्योतोमा १ हजार ७ सय १० जना पुगेको छ ।