
सन थापा, जापान ।
सेप्टेम्वर २५ । जापानमा शुक्रबार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जापानभित्र संक्रमित भएका ८१ हजार १ सय ७७ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८१ हजार ८ सय ८९ जना पुगेको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित ७४ हजार १ सय ४९ जना निको भएका छन् । आज टोकियोमा चार, ह्योगोमा दुई र ओसाका प्रान्तमा एक जना गरी सात जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय ५७ जना पुगेको छ ।
संक्रमित मध्ये ५ हजार ३ सय ८१ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ६३ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २४ हजार ८ सय ४३, ओसाकामा १० हजार ३ सय ३३, खानागावामा ६ हजार ५ सय ८७, आईचीमा ५ हजार २ सय २९, फुकुओकामा ५ हजार १७,
साईतामामा ४ हजार ५ सय १९ जना पुगेको छ ।
त्यस्तै चिबामा ३ हजार ७ सय ३२, ह्योगोमा २ हजार ६ सय ३६, ओकिनावामा २ हजार ३ सय ८९, होक्काईदोमा २ हजार ३२ र क्योतोमा १ हजार ७ सय १५ जना पुगेको छ ।

