
पोखरा । रुपागाउँपालिका, वडा नं. ६, चिसापानीगाउँको थाप्ले डाँडामा चिसापानी टोल सुधार समितिको आयोजनामा“कान्छा लामा स्मृतिपार्क” को आज शुक्रवार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सोही वडाका वडाध्यक्ष नारायण गुरुङले शिलान्यास गरेको उक्तपार्क निर्माण सोही गाउँक ालामा गुरु बिर्खबहादुर गुरुङको स्मृतिमा उहाँलाई अमर राख्न र रोयल ट्रेकिङ रुटमा पर्ने यो पर्यटकीय चिसापानी गाउँको पर्यटन प्रवद्र्धनको अवधारणासहित गरिएको हो । लामा गुरुका दुई छोराहरु हिमाल गुरुङ र बिमल गुरुङको नेतृत्वमा अगाडि बढेको यो योजनालाई वडाध्यक्ष गुरुङले वडाबाट पनि केही बजेट निकास गर्ने प्रतिबद्धता दिएका छन् ।

लामा गुरु गुरुङको निधन २०७६, असार २५ गते भएको थियो । यो क्षेत्रमा उहाँको शक्तिको प्रभावनिकै बलियो थियो । कोही बिरामी भए यज्ञ गर्न, प्राकृतिक शक्तिबाट धनजन तथा बालीनाली जोगाउन, विभिन्न खालका त्हात्हें (पूजा, यज्ञ) गर्न उहाँको तन्त्रमन्त्रप्रति यो क्षेत्रका मानिसहरु अति नै विश्वास गर्थे ।

कार्यक्रममा माझकोट, मोहोरिया, खडागाउँ, थापागाउँ, लगायतका विभिन्न गाउँहरुबाट धेरै मानिसहरुको सहभागिता रहेको थियो । माथिल्लो खडा गाउँबाट रु १५,५००।–, तल्लो खडगाउँबाट रु १५,००५।–, मावाली तर्फबाट रु ६९,०००।– आर्थिक सहयोग प्राप्त भइसकेको छ भने प्हच्यु भाइखलक, प्हच्यु चेलीबेटी र चिसापानी गाउँलेले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता दिइएका छन् । अनुमानित लागत खर्च रु ११ लाखमा पार्क निर्माण कार्य सम्पन्नहुने योजना रहेको पार्क निर्माण समितिका संयोजक धनबहादुर गुरुङले जानकारी दिए ।
कान्छा लामा स्मृतिपार्क, चिसापानीका संयोजक धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गमबहादुर गुरुङ, केयरसिंङ गुरुङले मन्तव्य राखेका थिएभने कार्यक्रम सन्चालन चिसापानी टोल सुधार समितिका संयोजक केशबहादुर गुरुङले गरेका थिए । साथै पार्कको उद्घाटन लामा गुरुकी धर्मपत्नीको वर्षी पुग्ने दिन आगामी कात्तिक ७ गते गर्ने लक्ष्य रहेको पनि लामा गुरुका छोरा गुरुङले बताए ।



