भोलि कास्कीका यी ठाउँमा विद्युत अवरुद्द हुने

-


     मर्दी न्युज    
     असाेज १० गते २०७७ मा प्रकाशित


पोखरा । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार तातोपानी फिडरबाट प्रवाह हुने केही ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने जनाएको छ ।

वितरण केन्द्रले एक सूचना जारी गर्दै तातोपानी फिडर अन्तर्गतको लामाचौर , बाटुचौर, फुलबारी, लाहाचोक, घाचोक, पुरन्चौर, सिल्दजुरे, मणिपाल अस्पताल क्षेत्रमा विद्युत् आपूर्ती बन्द हुने जनाएको छ ।

मर्मतका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत प्रवाहमा समस्या हुने केन्द्रले जनाएको छ । यद्यपि मर्मत कार्य तोकिएको समय अगावै सकिए विद्युत नियमित सूचारु हुने केन्द्रले जनाएको छ ।