
पोखरा, १२ असोज । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार प्रदेशका ५ जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ९५ पुगेको छ ।
चितवन मेडिकल कलेज, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा नवलपुरका ७ जना, गोरखाका १ जना, लमजुङका १ जना, तनहुँका ८ र स्याङ्जाका १ जना गरी १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्याङ्जा जिल्लाका १ जना संक्रमित पोखराको मणिपाल अस्पतालमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।


