
काठमाडौं- सरकारले काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन परिसरमा रहेका आदर्श आधारभूत विद्यालय र केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयलाई अन्यत्र उपयुक्त स्थानमा सार्ने निर्णय गरेको छ ।
बालमन्दिर नक्सालमा आश्रय लिइरहेका बालबालिकालाई सुरक्षित र उचित वातावरणमा पठनपाठन गराउने निर्णय पनि सरकारले गरेको छ । त्यसका लागि सरकारले १ करोड ५० लाख रुपैया नेपाल बाल संगठनलाई अनुदान स्वरुप प्रदान गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले असोज ८ र ११ गते बसेको मन्त्रीपरिषदको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा जानकारी दिनुभयो ।
यसैगरी सरकारले नेपालको गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई उद्धारकार्यमा खटिएको दिन ३ सय रुपयाँका दरले प्रोत्साहन भत्ता दिने र १० लाख सम्मको विशेष वीमा गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यसैगरी इजरेयल सरकारको सहयोगमा नेपालका सात वटै प्रदेशमा विशेष कृषि केन्द्र स्थापना गर्न सम्झौता गर्ने निर्णय मन्त्रीपरिषदले गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी विभिन्न आयोजनाका लागि विधिन्न दातृ निकायबाट प्राप्त सहुलीयतपूर्ण रिण सहायता प्राप्तीका लागी वार्ता टोली गठन गर्ने निर्णय गर्नुका साथै नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम तेस्रो चरणका लागी बेलायत सरकारले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्रविधिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना भाईरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन पहिलो संशोधन आदेश २०७७, कर्जा सुंरक्षण दोस्रो संशोधन नियमावली २०७७, आयोजनाहरुको वहुबर्षीय ठेक्का सम्बन्धी मापदण्ड २०७७, प्रहरी आठौं संशोधन नियमावली २०७७ लगायत स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले कन्चनपुरको वेदकोट नगरपालिका भित्रको जग्गा नापजाचमा देखिएको समस्या समाधानका लागी समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय वनक्षेत्रमा वनविनास तथा अतिक्रमण भईरहेको भन्ने विषयमा छानविन गर्न गठित समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रीपरिषदलाई जानकारी गराई तत्काल कार्यान्वयन गर्न समेत बैठकले निर्देशन दिएको छ ।
नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । यो अवस्थामा जीवन र जिविकालाई सन्तुलन गर्नुपर्ने आवश्यकताका कारण धेरै क्षेत्रहरु खुल्ला गरिएको भएपनि अहिले उच्च सतर्कता र सबैको साथ जरुरी भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
चाडपर्व नजिकिदै गर्दा झन जोखिम बढ्ने हुनाले विज्ञहरुको सुझाव स्वास्थ्य मन्त्रालय तथा डब्लु एचओको मापदण्ड पालना गर्न सरकारले सबैमा अनुरोध गरेको छ ।-रासस