
पोखरा, १४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । देशभर आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४९८ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ३४ र ८६ वर्षीया गरी २ जना रहेका छन् ।
यस्तै पुरुषहरुमा सुनसरीका ६० वर्षीय, मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय, काठमाडौंका ५४ वर्षीय र रुपन्देहीका ८२ वर्षीय गरी ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

