
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेमा बताएका छन्।ट्रम्पले आफूहरु छिटै निको हुने विश्वास पनि व्यक्त गरेका छन् । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020

