गण्डकी विश्वविद्यालयको उपकुलपति देवकोटाले लिए सपथ

-


     मर्दी न्युज    
     असाेज १६ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति भएका प्राध्यापक डाक्टर नवराज देवकोटाले सपथ ग्रहण गरेका छन । आज शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले देवकोटालाई सपथ ग्रहण गराएका हुन्।

उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको नेतृत्वमा रहेको सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा देवकोटाले उपकुलपति नियुक्ति पाएका थिए। यसअघि देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत थिए । गण्डकी विश्वविद्यालयको उपकुलपतिको पदावधि ५ वर्षको हुनेछ ।

गण्डकी प्रदेशका लागि चाहिने हरेक खालका प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले यो विश्वविद्यालय स्थापना गरेको हो । विश्वविद्यालयले मेडिकल शिक्षाका साथै शिक्षण अस्पतालसमेत सञ्चालन तयारी थालेको छ ।