
रुपन्देही । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।
सभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानी प्रस्ताव पेश गरेका हुन् । केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरीलाई प्रस्ताव गरिएको छ । राजधानी दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको देउखुरीलाई प्रस्ताव गरिएको हो ।
प्रदेश सभाको अर्को बैठक असोज १९ गते बोलाइएको छ । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

