जापानमा थपिए ५४२ कोरोना संक्रमित, ११ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १६ गते २०७७ मा प्रकाशित


सन थापा, जापान
अक्टोवर २ । जापानमा शुक्रबार ५ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म जापानभित्र संक्रमित भएका ८४ हजार ८ सय ७५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८५ हजार ५ सय ८७ जना पुगेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित कोरोना संक्रमणबाट १ हजार ६ सय सात जनाको मृत्यु भएको छ ।

शुक्रबार ओसाकामा छ, खानागावामा तीन, चिबा र इबाराकी प्रान्तमा एक(एक जना गरी १२ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार ५ हजार ३ सय २० जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४५ जनाको अवस्था गम्भीर रहेको छ । संक्रमितमध्ये योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित ७७ हजार ८ सय ७८ जना निको भएका छन् ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २६ हजार १ सय ६९, ओसाकामा १० हजार ७ सय १९, खानागावामा ७ हजार ३५, आईचीमा ५ हजार ४ सय १५, फुकुओकामा ५ हजार ४७, साईतामामा ४ हजार ७ सय १२ जना पुगेको छ ।

त्यस्तै चिबामा ३ हजार ९ सय ५३, ह्योगोमा २ हजार ७ सय ६७, ओकिनावामा २ हजार ५ सय ४१, होक्काईदोमा २ हजार १ सय ४१ र क्योतोमा १ हजार ७ सय ७६ जना पुगेको छ ।