कोरोना संक्रमणबाट पाँचदिने बालिकासहित ७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, १८ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । देशभर आज थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५३५ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ३ जना पुरुष रहेका छन् । मृतकमा महिलामा चितवनका ५५ वर्षीया, मकवानपुरका ५ दिनको बालिका, बाँकेका २५ वर्षीया र कञ्चनपुरका २९ वर्षीया रहेका छन् ।

यस्तै पुरुषहरुमा काठमाडौंका ५५ वर्षीय, ललितपुरका ७७ वर्षीय र बाँकेका ६० वर्षीय गरी ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।