
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा बुटवलमा ढुंगा प्रहार भएको छ । आइतबार साँझ काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।
प्रहरीले ढुङ्गा प्रहारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदेशको नामाकरण र राजधानी सार्ने प्रस्तावप्रति बुटबलमा लगातार आन्दोलन भइरहेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन् ।