जापानमा ४०१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


सन थापा, जापान
अक्टोवर ४ । जापानमा आईतबार ४ सय एक जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । हालसम्म जापानभित्र संक्रमित भएका ८५ हजार ८ सय ५१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८६ हजार ५ सय ६३ जना पुगेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १ हजार ६ सय १३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार ५ हजार ३ सय १४ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ३३ जनाको अवस्था गम्भीर रहेको छ । संक्रमितमध्ये योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित ७८ हजार ९ सय ७४ जना निको भएका छन् ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २६ हजार ४ सय ८४, ओसाकामा १० हजार ८ सय नौ, खानागावामा ७ हजार १ सय ३१, आईचीमा ५ हजार ४ सय ४९, फुकुओकामा ५ हजार ५७, साईतामामा ४ हजार ७ सय ९७ जना पुगेको छ ।

त्यस्तै चिबामा ४ हजार ३२, ह्योगोमा २ हजार ७ सय ९८, ओकिनावामा २ हजार ५ सय ८८, होक्काईदोमा २ हजार १ सय ८१ र क्योतोमा १ हजार ७ सय ८७ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये १८ प्रान्तमा आज संक्रमण दर शून्य रह्यो ।