आजवाट शहरी क्षेत्रमा चरा-दुर्घटनाहरुको तथ्यांक संकलन गरिदै

-


     मर्दी न्युज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


फोटो: प्रताप गुरुग

पोखरा । फ्लाप क्यानडाको ग्लोबल बर्ड रेस्क्यु नामक बार्षिक कार्यक्रम अन्तरगत नेपालमा पनि शहरी क्षेत्रमा बिभिन्न कारणले दुर्घटनामा परेका चराहरूको आजवाट १ हप्ता सम्म तथ्यांक संकलन गरिदै छ ।

पछिल्लो समयमा शहरी क्षेत्रहरूमा चराहरू मर्ने क्रम बढे सँगै के कारणहरुले गर्दा यस्ता घटनाहरू भएका छन् र घटना भएको स्थान, अबस्था, प्रजाति, मरेको, घाइते, उद्दार एवम पुर्नस्थापना आदि लगाएतका जानकारीहरू संकलन गरी अनुसन्धान गर्ने गरिएको छ ।

नेपाल पंछी संरक्षण संघको अगुवाईमा गत बर्षबाट राजधानी काठमाण्डौ लगायत बुटवल, नवरपुर, चितवन र बाँकेमा यो कार्यक्रम गरेको थियो भने पर्यटकीय नगरी पोखरामा पोखरा पंछी समाजले यस बर्षबाट यस क्षेत्रको तथ्यांक संकलन गर्ने भएको छ ।

यस बर्ष यहि असोज १९ देखि २५ गते सम्म तदनुसार अक्टूबर महिनाको ५ देखि ११ तारिख सम्म संकलन कार्य गरिदै छ । कोभिड-१९ को संक्रमणका कारणले गर्दा आ-आफ्नै स्थानहरू मा भएका घटनाहरूलाई नेपाल पंछी संरक्षण संघ तथा पोखरा पंछी समाजले उपलब्ध गराएका फाराम भरी एकमुस्ट पठाउने ब्यबस्था गरिएको छ ।

फाईल फोटो: हेमन्त ढकाल, कास्की

हाल सम्म भएका अनुसन्धानहरू वाट कीटनाशक औषधी, बिषादयुक्त पानी, चुईगम, लिसो, अत्याधिक तापक्रम, सिसाहरूमा ठोक्किएर, अब्यबस्थित बिजुलीका तारहरु तथा ठूला करेन्ट बाहक तारहरूमा ठोक्किएर/करेन्ट लाएर, गुडिरहेका गाडीहरुमा ठोक्किएर घटनाहरू भएको पुष्टी भएको छ ।

यस्ता घटनाहरूमा करिब ६० प्रतिशत घटनास्थलमै मर्ने, २० प्रतिशत उपचारको क्रममा मर्ने, १० प्रतिशतको उपचार भए पनि अंगभंग भई प्राकृतिक बसस्थानमा फर्कन नसक्ने र १० प्रतिशत पूर्ण रुपमा निको भएको अध्ययनले देखिएको छ ।

फाईल फोटो: सुराजन श्रेष्ठ, चितवन

नेपालको सन्दर्भमा वन्यजन्तुहरूको छुट्टै ल्याब तथा प्रबिधि नहुनु, बिरामी तथा घाईते वन्यजन्तुको समयमै उपचार नहुनु, वन्यजन्तु प्राथमिकतामा नपर्नु, जनसमुदायमा जनचेतनाको कमीले गर्दा कतिपय अबस्थामा मृत्यु भएको कारणहरूनै पत्ता नलागेका बग्रेल्ती उदाहरणहरू छन् ।