जापानमा ७९ हजार कोरोना संक्रमित निको भए, थप चार जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, अक्टोवर ५ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित जापानमा कोरोना भाईरस ९कोभिड(१९० संक्रमितमध्ये ७९ हजार २ सय ६८ जना निको भएका छन् ।

हालसम्म जापानभित्र संक्रमित भएका ८६ हजार १ सय ३५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८६ हजार ८ सय ४७ जना पुगेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । सोमबार २ सय ८१ जना कोरोना संक्रमित थपिए। त्यस्तै टोकियोमा दुई, ओसाका र खानागावा प्रान्तमा गरी चार जनाको मृत्यु भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १ हजार ६ सय १७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार ५ हजार ४ सय एकजना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २६ हजार ५ सय ५०, ओसाकामा १० हजार ८ सय ४०, खानागावामा ७ हजार १ सय ७६, आईचीमा ५ हजार ४ सय ६१, फुकुओकामा ५ हजार ५७, साईतामामा ४ हजार ८ सय १७ जना पुगेको छ ।

त्यस्तै चिबामा ४ हजार ५४, ह्योगोमा २ हजार ८ सय चार, ओकिनावामा २ हजार ६ सय सात, होक्काईदोमा २ हजार २ सय १७ र क्योतोमा १ हजार ७ सय ९१ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ६६ जना र २५ प्रान्तमा आज संक्रमण दर शून्य रह्यो ।