
एजेन्सी । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार साँझ डिस्चार्ज भएका छन्। तर उनी पूरै निको भइसकेका छैनन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने उपचारमा संलग्डन डाक्टरले बताएका छन्।
वासिङ्टनस्थित सैनिक अस्पतालमा तीन दिनको बसाइपछि डिस्चार्ज हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बीबीसीकोे समाचारमा उल्लेख छ । डिस्चार्ज हुनुअघि ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’
अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनुअघि गरिएका मत सर्भेक्षणमा ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडेन लोकप्रिय रहेको देखाइएको छ, जसलाई ट्रम्पले गलत बताउँदै आएका छन् ।

