
प्रदेश ५ को स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ ।
मंगलबार भएको मतदानमा कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।
मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ मत खसेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो ।