जापानमा ५११ जना कोरोना संक्रमण पुष्टि, पॉंच जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २१ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
अक्टोवर ७ । जापानमा बुधबार ५ सय ११ जना कोरोना संक्रमण पुष्टि भएको छ भने पॉंच जनाको मृत्यु भएको छ । हालसम्म जापानभित्र संक्रमित भएका ८७ हजार १ सय ४७ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८७ हजार ८ सय ५९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । टोकियो र खानागावा प्रान्तमा दुई(दुई ओसाका प्रान्तमा एक जना गरी पॉंच जनाको मृत्यु भएको हो।

एनएचकेका अनुसार योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १ हजार ६ सय २९ जना पुगेको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित जापानमा कोरोना संक्रमितमध्ये ८० हजार ३ सय ३५ जना निको भएका छन् ।

त्यस्तै ५ हजार २ सय २५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४१ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २६ हजार ८ सय ६९ ओसाकामा १० हजार ९ सय ५०, खानागावामा ७ हजार २ सय ६५, आईचीमा ५ हजार ४ सय ९०, फुकुओकामा ५ हजार ६९, साईतामामा ४ हजार ८ सय ७६ जना पुगेको छ ।

त्यस्तै चिबामा ४ हजार १ सय ३९, ह्योगोमा २ हजार ८ सय ३८, ओकिनावामा २ हजार ६ सय ५६, होक्काईदोमा २ हजार २ सय ६७ र क्योतोमा १ हजार ८ सय जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय ४२ जना र १९ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।