सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता जारी

-


     मर्दी न्युज    
     असाेज २२ गते २०७७ मा प्रकाशित


काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्‍न माग राख्दै अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज बिहीबार सिंहदरबारमा वार्ता भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच अहिले वार्ता भइरहेको छ । डा केसीसँग वार्ता गर्न सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का क्षेत्रीको टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

मैनाली नेतृत्वको सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा सदस्य रहेका छन्।