जापानमा ६१८ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २२ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
अक्टोवर ८ । जापानमा बिहीबार ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । हालसम्म जापानभित्र संक्रमित भएका ८७ हजार ७ सय ६२ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८८ हजार ४ सय ७४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।खानागावा प्रान्तमा दुई र टोकियोमा एक जना गरी तीन जनाको मृत्यु भएको हो।

एनएचकेका अनुसार योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १ हजार ६ सय ३२ जना पुगेको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित जापानमा कोरोना संक्रमितमध्ये ८० हजार ८ सय ६६ जना निको भएका छन् ।

त्यस्तै ५ हजार ५६ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४३ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २७ हजार १ सय १७, ओसाकामा १० हजार ९ सय ९९, खानागावामा ७ हजार ३ सय ३०,आईचीमा ५ हजार ५ सय पाॅंच, फुकुओकामा ५ हजार ७७, साईतामामा ४ हजार ९ सय २० जना पुगेको छ .

त्यसैगरी चिबामा ४ हजार १ सय ७८, ह्योगोमा २ हजार ८ सय ६५, ओकिनावामा २ हजार ६ सय ८२, होक्काईदोमा २ हजार २ सय ९६ र क्योतोमा १ हजार ८ सय नौ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय ४८ जना र २० प्रान्तमा संक्रमण दर शून्य रह्यो ।