जापानमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि, छ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २३ गते २०७७ मा प्रकाशित


सन थापा
जापान । अक्टोवर ९ । जापानमा शुक्रबार ६ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने छ जनाको मृत्यु भएको छ । हालसम्म जापानभित्र संक्रमित भएका ८८ हजार ३ सय ८६ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८९ हजार ८६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।आज टोकियोमा चार, खानागावा र ओकिनावा प्रान्तमा एक(एक जना गरी छ जनाको मृत्यु भएको हो।

एनएचकेका अनुसार योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १ हजार ६ सय ३८ जना पुगेको छ ।

जापानभित्र संक्रमित भएका ८० हजार ७ सय ३३ योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी जापानमा कोरोना संक्रमितमध्ये ८१ हजार ३ सय ९२ जना निको भएका छन् ।

त्यस्तै ५ हजार २ सय ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४१ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २७ हजार ३ सय २०, ओसाकामा ११ हजार ५७, खानागावामा ७ हजार ४ सय सात, आईचीमा ५ हजार ५ सय १६, फुकुओकामा ५ हजार ८८ साईतामामा ४ हजार ९ सय ४८ जना पुगेको छ ।

त्यसैगरी चिबामा ४ हजार २ सय १६, ह्योगोमा २ हजार ८ सय ८१, ओकिनावामा २ हजार ७ सय १०, होक्काईदोमा २ हजार ३ सय २३ र क्योतोमा १ हजार ८ सय २४ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय तीन जना र १९ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।