जापानमा थपिए ६४१ जनामा कोरोना संक्रमित, तीन जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २४ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, अक्टोवर १० जापानमा शनिबार ६ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । हालसम्म जापानभित्र संक्रमित भएका ८९ हजार ५४ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८९ हजार ७ सय ६६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।आज ओसाकामा दुई र आईची प्रान्तमा एक जना गरी तीन जनाको मृत्यु भएको हो।

एनएचकेका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ४१ जना पुगेको छ ।

जापानभित्र संक्रमित भएका ८१ हजार ३ सय ५६ योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी जापानमा कोरोना संक्रमितमध्ये ८२ हजार १५ जना निको भएका छन् ।

त्यस्तै ५ हजार २ सय ३० जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २७ हजार ५ सय ६९, ओसाकामा ११ हजार १ सय नौ, खानागावामा ७ हजार ४ सय ७०, आईचीमा ५ हजार ५ सय ३७, फुकुओकामा ५ हजार १ सय एक, साईतामामा ५ हजार ४८ जना पुगेको छ ।

त्यसैगरी चिबामा ४ हजार २ सय ५३, ह्योगोमा २ हजार ८ सय ९३, ओकिनावामा २ हजार ७ सय २९, होक्काईदोमा २ हजार ३ सय ४७ र क्योतोमा १ हजार ८ सय ४४ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय ४९ जना र २० प्रान्तमा संक्रमण दर शून्य रह्यो ।