सरकार र डा. केसीबीच मध्यराति ८ बुँदे सहमति

-


     मर्दी न्युज    
     असाेज २५ गते २०७७ मा प्रकाशित


सरकार र डा. गोविन्द केसीबीच मध्यराति ८ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले आइतबार २७ दिन लामो आमरण अनसन तोड्ने भएका छन्।

डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।