
फोटो: बिपिनराज सापकोटा
कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ५ मा एक बहादुर कार्कीको अध्यक्षता मा २९ सदस्यीय वडा कमिटी गठन भए लगत्तै हिजो सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम का प्रमुख अतिथि कास्की क्षेत्र नं १ का सांसद तथा पुर्व स्वास्थमन्त्री माननिय खगराज अधिकारी, बिशेष अतिथिमा प्रदेश सभाका सभासद माननीय मन बहादुर गुरुङ, अतिथिमा मादी गाउँपालिका अध्यक्ष श्री बेद बहादुर गुरुङ (श्याम) लगायत पार्टीका जिल्ला स्तरीय नेताहरु को बाक्लो उपस्थिति थियो ।
प्रमुख अतिथिको मन्तब्य राख्दै नेता खगराज अधिकारीले नव गठित वडा कमिटीलाई थप कृयाशिल बन्न र सरकारले अगाडि सारेको समृद्धि को यात्रालाई सफल बनाउनेतर्फ एकजुट भएर लाग्न निर्देशन दिनुभयो ।
सोही अबसरमा वडा कमिटीको सम्पर्क कार्यालय चितेपानी मा राख्ने निर्णय भएको छ । कार्यक्रम को संचालन कार्यवाहक सचिव बिपिनराज सापकोटाले गर्नुभएको थियो ।

