
पोखरा। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस पुष्टि भएको छ ।
शनिबार बेलुकी हल्का ज्वरो आएपछि मन्त्री पोखरेल पाटन अस्पताल भर्ना भएका थिए।
परिक्षणका क्रममा नतिजा पोजेटिभ आएपछि हाल पाटन अस्पतालमै आईसोलेसनमा रहनुभएको स्रोतबाट जानकारी भएको छ।
हिजो मात्रै पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण भएको थियो।