
सन थापा,
जापान ।
जापानमा आइतबारसम्म कोरोना संक्रमितको संख्या कूल ९० हजार २ सय तीन जना पुगेको छ । जापानभित्र संक्रमित भएका ८९ हजार ४ सय ९१ जना हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु हुन् ।
त्यसैगरी जापानभित्र संक्रमित भएका ८१ हजार ८ सय २४ योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी ८२ हजार ४ सय ८३ जना संक्रमित निको भएकाे सञ्चार संस्था एनएचकेले जनाएको छ ।
आईतबार ४ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् भने चिबा र आईची प्रान्तमा एक-एकजना गरी दुई जनाको मृत्यु भएको छ ।
एनएचकेका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ४३ जना पुगेको छ ।
संक्रमितमध्ये ५ हजार चार सय १४ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४५ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २७ हजार ७ सय १५, ओसाकामा ११ हजार १ सय ५४, खानागावामा ७ हजार ५ सय सात, आईचीमा ५ हजार ५ सय ५१, फुकुओकामा ५ हजार १ सय चार, साईतामामा ५ हजार ८९ जना पुगेको छ ।
त्यसैगरी चिबामा ४ हजार २ सय ९६, ह्योगोमा २ हजार ९ सय पाॅंच, ओकिनावामा २ हजार ७ सय ४०, होक्काईदोमा २ हजार ३ सय ७८ र क्योतोमा १ हजार ८ सय ५१ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय ४६ जना र २१ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।